फिफा विश्वकपको आगामी संस्करणमा ६४ टोली सहभागी हुँदैछन् ?
kendrabindu.com · Mon Jul 13 08:47:51 GMT 2026
काठमाडाैं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पुरुष विश्वकप फुटबल प्रतियोगितामा सहभागी टोलीको संख्या बढाएर ६४ पुर्याउने विषयमा पनि छलफल सुरु गर्ने भएको छ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२६ को विश्वकपटपछि यसबारे आधिकारिक कमिटीहरूमा औपचारिक बहस हुने पुष्टि गरेका छन्। अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको इतिहासकै पहिलो ४८ टोली सम्मिलित विश्वकपको उत्साहका बीच यो नयाँ प्रस्ताव बाहिर आएको हो। यदि यो प्रस्ताव स्वीकृत भएमा यसले विश्व फुटबलको परिदृश्यलाई नै बदलिदिनेछ।
Read full story at source (kendrabindu.com)