२१३औँ भानु जयन्तीको अवसरमा न्यू समिट कलेजमा कविता वाचन प्रतियोगिता सम्पन्न
kendrabindu.com · Mon Jul 13 09:17:58 GMT 2026

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीको अवसरमा शान्तिनगरस्थित न्यू समिट कलेजमा भव्य कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। कलेजका विद्यार्थीहरूको क्लब “एनएससी टिन्स फर लिडरसीप” को आयोजनामा उक्त साहित्यिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
कलेजका शैक्षिक निर्देशक तीर्थराज घिमिरेको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा कलेजका अध्यक्ष अजयप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सुरुवातमै क्लबकी सभापति अञ्जली नायकले उपस्थित सम्पूर्ण अतिथि तथा प्रतियोगीहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेकी थिइन्।
Read full story at source (kendrabindu.com)