सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै कांग्रेसले भन्यो– विपक्षीको नाडी छाम्ने काम नगरियोस्
baahrakhari.com · Mon Jul 13 09:20:00 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन् । सोमबार (असार २९) सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सभामुख अर्याललाई विपक्षी दलहरूको नाडी छाम्ने प्रयास नगर्न समेत चेतावनी दिए । सभामुख कुनै पनि दलको सदस्य नभएको उनले स्मरण गराए । उनले सभामुखले संसद्भित्र आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्ने बुझ्न आवश्यक रहेकामा जोड दिए ।
Read full story at source (baahrakhari.com)