स्वास्थ्य सेवा र समुदायको हितमा मुक्तिनाथ विकास बैंकको अभियान
corporatenepal.com · Mon Jul 13 09:22:26 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा टेवा पुर्याउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ ।
यस कार्यक्रम अन्तर्गत बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकी लाई र स्थानीय तह मार्फत २६ वटा व्हीलचेयर उपलब्ध गराएको छ । बैंकले सल्यान जिल्ला अस्पताललाई १० थान, त्रिवेणी गाउँपालिका स्थित त्रिवेणी स्वास्थ्य चौकीलाई ३ थान, रंगेली मोरङ्गस्थित रंगेली अस्पताललाई १० थान र ओमसतिया गाउँपालिका–१ नं. वडा कार्यालय मार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकता भएका व्यक्तिहरूका लागि ३ थान व्हीलचेयर हस्तानतरण गरेको छ ।
Read full story at source (corporatenepal.com)