गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ
nepalviews.com · Mon Jul 13 09:53:39 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि सोमबार बिहान शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरेर छाडिएको अवस्थामा भेटिएको छ। आज तीनवटा मिडिया हाउस अनलाइनखबर, कान्तिपुर र हिमालय टेलिभिजनअगाडि पनि यस्तै पार्किङ थियो । अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि पनि यस्तै पार्किङ गरिएको थियो ।
ट्राफिक चिट काटेपछि गणेश नेपालीले आत्मदाह गरेको विषयसँग जोडिने गरी आइतबार न्युरोड क्षेत्रमा पनि यस्तै पार्किङ देखिएको थियो । आज मिडिया हाउस र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापतिको निवासमै यस्तो देखिएको हो ।
Read full story at source (nepalviews.com)