पहिरोमा पुरिएर दुई जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Mon Jul 13 10:20:17 GMT 2026

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिबनस्थित माथिल्लो काभ्रे खोलामा पानीघट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ।
मृत्यु हुनेमा लालबहादुर साउद र मन्दिर साउद रहेका छन्। उनीहरू पानीघट्टमा पिठो पिस्ने क्रममा माथिबाट अचानक खसेको पहिरोमा परेका थिए। स्थानीयका अनुसार घटनास्थलमै दुवै जनाको मृत्यु भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)