शंकास्पद पार्किङ गरिएका ५ वटै गाडी ट्राफिक प्रहरीमा, अनुसन्धान जारी
nepalpress.com · Mon Jul 13 10:54:07 GMT 2026

काठमाडौं । कांग्रेस सभापति गगन थापाको घर, विभिन्न मिडिया हाउस र भाटभटेनी सुपरस्टोर अगाडि बेवारिसे छाडिएका गाडीहरूलाई प्रहरीले रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालेको छ । शंकास्पद अवस्थामा राखिएका ती सवारीसाधनमा विष्फोटक वा अन्य शंकास्पद वस्तु भने नभेटिएकव प्रहरीको भनाइ छ ।
हिमालय टेलिभिजनअगाडि राखिएको गाडी अग्नि इनकर्पोरेट डी प्रालिका नाममा रहेको पहिचान भइसकेको छ । काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले गाडीको धनी, चालक र ती ठाउँमा राखिनुको कारणबारे ट्राफिकबाट नै अनुसन्धान हुने भएको बताए ।
Read full story at source (nepalpress.com)