लोकन्थलीबाट ब्राउनसुगरसहित तीनजना पक्राउ
nepalnews.com · Mon Jul 13 11:14:37 GMT 2026

काठमाडौँ। प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
भक्तपुर मध्यपुर ठिमी नगरपालिका १‚ लोकन्थलीबाट तीन सय ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका ३ का २७ वर्षीय मनीष श्रेष्ठ, सोही ठाउँका २९ वर्षीय रोहित महर्जन र काठमाडौँ महानगरपालिका १६ का २० वर्षीय सम्भव बस्नेत छन्।
Read full story at source (nepalnews.com)