एआई सुविधासहित सामसङ ग्यालेक्सी ए२७ फाइभजी नेपालमा
ictsamachar.com

काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभजी सार्वजनिक गरेको छ । कम मूल्यमा अत्याधुनिक एआई (कृत्रिम बुद्धिमत्ता) सुविधा, आकर्षक डिजाइन, भरपर्दो कार्यसम्पादन, मजबुत सुरक्षा तथा ६ वर्षसम्मको सफ्टवेयर सपोर्ट उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले आफ्नो ग्यालेक्सी ए सिरिजअन्तर्गत यो नयाँ स्मार्टफोन बजारमा ल्याएको हो ।
सामसङ नेपालका एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले नयाँ ग्यालेक्सी ए सिरिजले एआई प्रविधिलाई धेरैभन्दा धेरै प्रयोगकर्ताको पहुँचमा पुर्याउने सामसङको प्रतिबद्धतालाई थप बलियो बनाएको बताए । उनका अनुसार ग्यालेक्सी ए२७ फाइभजीमा समावेश गरिएको ‘असम इन्टेलिजेन्स’ सुविधाले दैनिक प्रयोगलाई अझ सहज, स्मार्ट र प्रभावकारी बनाउनेछ ।
Read full story at source (ictsamachar.com)