सहारा हेल्थ शिखर इन्स्योरेन्समार्फत स्वास्थ्य बिमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा
baahrakhari.com · Mon Jul 13 12:01:20 GMT 2026

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्स्योरेन्स बिमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ शिखर इन्स्योरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य बिमामा पहुँच विस्तार गर्दै गएको छ । यस बिमा योजनामार्फत इसेवाले निकै सुलभ दरमा सर्वसाधारणका लागि झन्झटमुक्त र भरपर्दो स्वास्थ्य बिमा उपलब्ध गराउँदै आएको छ ।
१३ सय ९९ बाट सुरु हुने यस बिमा योजनाले स्वास्थ्य तथा दुर्घटनासम्बन्धी सुविधासहित ६ लाखसम्मको बिमा सुरक्षा प्रदान गर्ने इसेवाले जनाएको छ । पूर्ण रूपमा डिजिटल माध्यममा आधारित यो बिमा योजना खरिद गर्नका लागि ग्राहकहरूले कुनै कागजी प्रक्रिया वा बिमा कम्पनीको कार्यालय धाइराख्नु पर्दैन । ग्राहकहरूले यो बिमा योजना इसेवा एपमार्फत केही मिनेटमै खरिद वा नवीकरण गर्न सक्ने छन् ।
Read full story at source (baahrakhari.com)