पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर ८ घण्टापछि सञ्चालन
ratopati.com · Mon Jul 13 12:11:08 GMT 2026

बागलुङ । वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालनमा आएको छ । कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध भएको थियो ।
बिहानदेखि पहिरो पन्छाउने उपकरण प्रयोग गरेर करिडोर सञ्चालनको पहल गरिएकामा करिब आठ घण्टापछि सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । निरन्तर वर्षा र लेदोसहितको पहिरो बगिरहेकाले सडक खुलाउन समय लागेको उनको भनाइ छ ।
Read full story at source (ratopati.com)