इसेवा र सहारा हेल्थ इन्सुरेन्सबीच सहकार्य : मात्र रु. १,३९९ मा ६ लाखसम्मको स्वास्थ्य बीमा सुरक्षा पाइने
ictsamachar.com

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै गएको छ । यस बीमा योजनामार्फत इसेवाले निकै सुलभ दरमा सर्वसाधारणका लागि झन्झटमुक्त र भरपर्दो स्वास्थ्य बीमा उपलब्ध गराउँदै आएको छ ।
मात्र रु. १,३९९ बाट सुरु हुने यस बीमा योजनाले स्वास्थ्य तथा दुर्घटनासम्बन्धी सुविधासहित रु. ६ लाखसम्मको बीमा सुरक्षा प्रदान गर्ने इसेवाले जनाएको छ । पूर्ण रूपमा डिजिटल माध्यममा आधारित यो बीमा योजना खरिद गर्नका लागि ग्राहकहरूले कुनै कागजी प्रक्रिया वा बीमा कम्पनीको कार्यालय धाइराख्नु पर्दैन । ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत केही मिनेटमै खरिद वा नवीकरण गर्न सक्ने छन् ।
Read full story at source (ictsamachar.com)