दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त
hamrakura.com · Mon Jul 13 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उनीहरूलाई ती पदमा नियुक्त गरिएको हो।
नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
Read full story at source (hamrakura.com)