खोलाले बगाउँदा दुई युवाको मृत्यु
gorkhapatraonline.com · Wed Sep 02 12:41:51 GMT 2026

पाल्पामा खोलाले बगाएर दुई जना युवकको ज्यान गएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा –७, जोगदमार बस्ने ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २२ वर्षीय प्रविन पुन रहनुभएको छ ।
भदौँ १५ गते बेलुकीदेखि बेपत्ता हुनुभएका दुई जनाको खोजी गर्ने क्रममा बुधबार दिउँसो स्थानीय कन्चन खोलामा शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरूसँगै लु २१ प ९८७६ नम्बरको कालो–रातो पल्सर बाइक पनि क्षतविक्षत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)