खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ
ratopati.com · Mon Jul 13 13:12:49 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हिरोइन कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध कारोबार गर्ने काठमाडौँ नागार्जुनका २७ वर्षीय मनिष श्रेष्ठ, २१ वर्षीय रोहित महर्जन र काठमाडौँ महानगरपालिका–१६ का २० वर्षीय सम्भव बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले लागुऔषध कारोबार गर्ने गिरोहलाई ३०० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका मनिष यसअघि पनि लागुऔषध मुद्दामा सात महिना कैद भुक्तान गरी रु एक लाख धरौटीमा छुटेका व्यक्ति रहेका उनले बताए ।
Read full story at source (ratopati.com)