बाढीमा बेपत्ता भएकाहरुका आफन्तले काँस–कुशको शव बनाएर दाहसंस्कार गरे
annapurnapost.com · Wed Sep 02 12:44:36 GMT 2026

काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीमा परि बेपत्ता भएकाहरुका आफन्तहरुले काँस–कुशको शव बनाएर दाहसंस्कार गर्न सुरु गरेका छन्।
बाढीमा परेर बेपत्ता भएको धेरै दिन हुँदा समेत शव फेला नपरेपछि आफन्तहरुले काँस–कुशको शव बनाएर दाहसंस्कार गर्न सुरु गरेका हुन्। बेपत्ता भएकाहरुका आफन्तहरुले बुधबार पशुपति आर्यघाटमा कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरेका छन्। पशुपति क्षेत्र बिकास कोषले निशुल्क रुपमा दाहसंस्कार गर्ने व्यवस्था मिलाएको छ ।
Read full story at source (annapurnapost.com)