जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेका लागि विशेष राहत प्याकेज स्वीकृत, मन्त्रालयहरूलाई ७ दिनभित्र कार्यान्वयन गर्न निर्देशन
barnanmedia.com · Mon Jul 13 13:51:42 GMT 2026

काठमाडौं । सरकारले जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक सुरक्षाका लागि एकीकृत विशेष राहत प्याकेज स्वीकृत गरेको जनाएको छ। गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्रिपरिषद्बाट स्वीकृत कार्यक्रमहरू कार्यान्वयनका लागि सबै मन्त्रालयलाई ७ दिनभित्र आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको बताएका छन्।
सरकारका अनुसार मन्त्रिपरिषद्को असार १८ गतेको बैठकले स्वीकृत गरेको प्याकेजअन्तर्गत सहिदका छोराछोरी वा सहोदर दाजुभाइ तथा गम्भीर घाइतेहरूलाई सामुदायिक विद्यालयमा आधारभूत तहदेखि स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराइनेछ। साथै गम्भीर घाइतेहरूको उपचारका लागि १५ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा व्यवस्था गर्ने र अति गम्भीर घाइतेलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट तथा सिट आरक्षण दिने योजना पनि समावेश गरिएको छ।
Read full story at source (barnanmedia.com)