हनुमान नाचः तीन शताब्दीको सांस्कृतिक हुंकार
deshsanchar.com · Wed Jul 01 16:45:38 GMT 2026

गलकोट (बागलुङ) – साँझ पर्नै लाग्दा बागलुङ बजारको नारायणचोकमा एउटा अर्कै रौनक छाउँछ। मादल र झ्यालीको ताल जतिजति तीव्र बन्छ, रातो पोशाकमा सजिएका १३ जोडी अर्थात् २६ जना युवाको शरीरमा एउटा अलौकिक कम्पन सुरु हुन्छ। शरीरभरि सिन्दुरे रङ, शिरमा ‘श्रीराम’ लेखिएको रातोपट्टी र कम्मरमा बाँधिएको चार फिट लामो पुच्छर। जब यी हनुमानले हातका लठ्ठी एकसाथ भुइँमा ठोक्छन्, सिङ्गो बागलुङ बजार तीन सय वर्ष पुरानो इतिहासमा फर्किए झैँ लाग्छ।
Read full story at source (deshsanchar.com)