नेपाल भलिबल लिग विजेताले २० लाख नगद पुरस्कार पाउने
ratopati.com · Wed Sep 02 12:54:34 GMT 2026
काठमाडौँ। नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेनचाइज लिग एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)को विजेताले २० लाख नगद पुरस्कार पाउने छ ।
आयोजक केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाले बुधबार आयोजित पत्रकार सम्मेलनमा विजेतालाई २० लाख नगद पुरस्कार प्रदान गर्ने जानकारी गराए। प्रबन्ध निर्देशक अश्विनले प्रतियोगिताको कुल पुरस्कार ३२ लाख रुपैयाँ रहेको बताउँदै बाँकी १२ लाख उपविजेता, विभिन्न ७ विधाका उत्कृष्ट र हरेक खेलको ‘म्यान अफ द म्याच’ को नगद पुरस्कारका लागि विनियोजन गरिएको बताए।
Read full story at source (ratopati.com)