रास्वपा कार्यालय पुगे एजुकेशन कन्सल्टेन्सी सञ्चालक, ज्ञापनपत्र बुझाए
nepalpress.com · Mon Jul 13 14:58:31 GMT 2026

काठमाडौँ । १४ वटा शैक्षिक परामर्शसम्बन्धी संघ–संस्था तथा फ्री कन्सल्ट्यान्ट ग्रुपका प्रतिनिधिले सोमबार सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा महामन्त्री विपिनकुमार आचार्यलाई भेटेर ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ बारे छलफल गरेका छन् । उनीहरूले संयुक्त ज्ञापनपत्र पनि हस्तान्तरण गरेका छन् ।
भेट अत्यन्तै सौहाद्रपूर्ण भएको ईक्यानका उपाध्यक्ष बासुदेव दाहालले बताए । भेटका क्रममा महामन्त्री आचार्यले ज्ञापनपत्रमा उठाइएका विषयहरूको गम्भीर अध्ययन गरी पार्टी सभापतिसँग आवश्यक छलफल गर्ने बताए । त्यससँगै उक्त विषयमा आवश्यक समन्वय र संवादका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको दाहालले बताए ।
Read full story at source (nepalpress.com)