भोटेकोशीका बाढीपीडितलाई कांग्रेस कोशी संसदीय दलले ६ लाख सहयोग गर्ने
lokaantar.com

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित भएकाहरूको राहत तथा सहयोगका लागि ६ लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बुधबार विराटनगरमा बसेको संसदीय दलको बैठकले उक्त प्राकृतिक विपत्तिमा परी जनधनको क्षति बेहोरेका परिवारको सहयोगार्थ ६ लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)