बाढीपीडितका लागि बाजुराको बुढीगंगाले साढे २२ लाख बढी सहयोग गर्ने
annapurnapost.com · Wed Sep 02 12:52:36 GMT 2026

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकाले रसुवाका बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। भदौ १६ गते बसेको नगर कार्यपालिकाको बैठकले भदौ १० गते बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनका लागि २२ लाख ९२ हजार ३ सय ३२ सहयोग गर्ने निर्णय गरेको बुढीगंगा नगरपालिकाका नगरप्रमुख राम बहादुर बानियाले बताएका छन्।
नगरपालिकाका जनप्रतिनिधिहरू तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख बानियाले बताए। प्राकृतिक विपत्तिले पारेको गम्भीर संकटको समयमा मानवीय संवेदना र भाइचाराको भावना जगाउँदै यो सहयोगको निर्णय लिइएको नगर कार्यपालिकाले जनाएको छ।
Read full story at source (annapurnapost.com)