इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी
barnanmedia.com · Wed Sep 02 12:58:33 GMT 2026

संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड फोर्सले इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको जनाएको छ, जसमा हवाई रक्षा क्षेत्र, विस्फोटक पदार्थ भण्डारण स्थानका साथै सञ्चार क्षेत्र समावेश छन् ।
यद्यपि, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले अमेरिकी आक्रमणले सिरिकमा भएको विवाह समारोहलाई पनि लक्षित गरी आक्रमण गर्दा ५० जना भन्दा बढी मानिस घाइते भएको बताउनुभएको छ । हर्मुजको जलमार्गमा व्यापारिक ढुवानी र अमेरिकी सैन्य सदस्य विरुद्ध आइआरजिसीले गरेको पछिल्लो आक्रमणपछि अमेरिकी आक्रमणले गति लिएको बताइएको छ ।
Read full story at source (barnanmedia.com)