मौरीपालनमा रमाउँदै मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर
ratopati.com · Wed Jul 01 23:36:51 GMT 2026

खोटाङ । बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर राई दिनभर जनताको काममा व्यस्त रहन्छन् । कार्यालयको काम बाहेक फुर्सदको समयलाई घरव्यवहारमा उपयोग गर्दै आएका उनले व्यावसायिक रुपमा मौरीपालन तथा आधुनिक घार निर्माणसम्बन्धी उद्योग सञ्चालन गरेका छन् ।
घरको भित्तामा रहेको खोपाको मौरीलाई आधुनिक घारमा सारेर व्यवसाय सुरु गरेका वडाध्यक्ष राईको ‘डाँडागाउँ मौरीपालन तथा मह प्रशोधन उद्योग’मा अहिले १८ आधुनिक घारमा मौरी छन् । जङ्गलबाट आफै आएर खोपामा बसेको मौरीलाई उहाँले व्यवसायिक रूप दिन आधुनिक घारमा सारेका हुन् ।
Read full story at source (ratopati.com)