सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा ८ स्रष्टा पुरस्कृत, विभिन्न व्यक्तित्वहरू अभिनन्दित
nepalsamaya.com · Mon Jul 13 16:26:16 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले २१३औँ भानु जयन्तीको अवसरमा भाषा, कला र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने आठजना स्रष्टालाई पुरस्कृत गरेको छ। सोमबार धनगढीमा आयोजित एक भव्य कार्यक्रमका बीच उनीहरूलाई सम्मान गरिएको हो।
प्रतिष्ठानले 'प्रादेशिक प्रतिभा सम्मान' अन्तर्गत संस्कृति विधामा इन्द्रबहादुर चौधरी, गायन/संगीत तथा नाट्य विधामा ध्वज बहादुर महरा, साहित्य विधामा मिना पन्त र ललितकला विधामा योगेन्द्र बमलाई जनही ५० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको छ।
Read full story at source (nepalsamaya.com)