६० किलो गाँजा बोक्ने गाडीको स्टिकर हटाएको विषयमा इन्स्पेक्टरलाई २४ घण्टे स्पष्टीकरण
lokaantar.com

विराटनगरमा ‘दिव्य ज्योति आँखा अस्पताल’ लेखिएको गाडीबाट करिब ६० किलो गाँजा बरामद भएको घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठेपछि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रविण घिमिरेलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।
सशस्त्र प्रहरीले गाँजासहित नियन्त्रणमा लिएर बुझाएको गाडीबाट अस्पतालको नाम खुल्ने स्टिकर हटाएको पाइएपछि मोरङ प्रहरीले घिमिरेसँग लिखित जवाफ मागेको हो ।
Read full story at source (lokaantar.com)