खोलाले बगाउँदा दुई जनाको मृत्यु
ratopati.com · Wed Sep 02 13:22:49 GMT 2026

बुटवल। पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिका–५ जोगिदमारका ३२ वर्षीय विपिन पौडेल र सोही स्थानका २३ वर्षीय प्रविन पुन मोटरसाइकलमा रैनादेवी छहरा–८ सत्यवतीतर्फ जाने क्रममा बुधबार सम्पर्कविहीन भएका थिए।
उनीहरू सम्पर्कविहीन भएपछि आफन्तले अस्थायी प्रहरी पोस्ट बेलवासमा जानकारी गराएका थिए । त्यसपछि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खोजीमा खटिएको टोलीले रैनादेवी छहरा–५ डुमेवासस्थित सडकबाट करिब पाँच फिट तल ठाडोखोलामा उनीहरू सवार मोटरसाइकल फेला पारेको थियो ।
Read full story at source (ratopati.com)