बाढीपीडितका लागि रिद्धिसिद्धि र सौर्य सिमेन्टद्वारा १ करोड १ लाख सहयोग
annapurnapost.com · Wed Sep 02 13:20:50 GMT 2026

काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना एवं पुनर्निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष शोभाकर (हरी) न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन्।
भोटेकोशी बाढीले गरेकोअपुरणीय क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै रिद्धिसिद्धि सिमेन्टको तर्फबाट ५१ लाख र शौर्य सिमेन्टको तर्फबाट ५० लाख गरि १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
Read full story at source (annapurnapost.com)