दुना टपरीमा समृद्धि खोज्दै महिला
gorkhapatraonline.com · Wed Sep 02 13:33:16 GMT 2026

दंगीशरण गाउँपालिका –२ कलमखोलाकी तिला पुनको लागि सालको पात अब वनमा खेर जाने वस्तु होइन । पात टिपेर घरनजिक रहेको उद्योगमा पुगेपछि उहाँको हातमा आम्दानी हुन्छ । घरायसी काम र घाँसदाउरामा सीमित उहाँको दैनिकी अहिले दुनाटपरी बनाउने कामसँग जोडिएको छ । आफ्नै गाउँमा काम पाउँदा घरखर्च चलाउन सहज भएको उहाँ बताउनुहुन्छ।
तिलाजस्तै कलमखोलाका २० जना स्थानीय अहिले सालको पातबाट दुनाटपरी बनाउने काममा जोडिएका छन् । गाउँमै सञ्चालन भएको दंगीशरण दुना टपरी उद्योगले स्थानीय वनमा पाइने सालका पातलाई उत्पादनसँग जोडेर रोजगारी र आम्दानीको अवसर सिर्जना गरेको हो। हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित उद्योगले दुई वर्षदेखि सालका पातबाट दुना टपरी उत्पादन गर्दैआएको छ । राजाकोट–टिलकन्या सामुदायिक वनबाट सालका पात सङ्कलन गरी दैनिक करिब एक हजार पाँचसय थान दुना टपरी उत्पादन हुँदैआएको सहकारी संस्था लिमिटेड तथा उद्योगका प्रबन्धक चक्रमिलन विश्वकर्माले बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)