रसुवा बाढीपीडित प्रहरी परिवार र विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय
khabarhub.com · Wed Sep 02 13:33:36 GMT 2026

काठमाडौं – नेपाल प्रहरीले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारलाई प्रहरी कर्मचारीबाट संकलन गरिएको रकमबाट प्रतिव्यक्ति १० लाख रूपैयाँ दिने निर्णय गरेको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा उक्त निर्णय गरिएको हो । साथै उक्त बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ४० करोड रूपैयाँ समेत प्रदान गर्ने निर्णय गरेको छ ।
Read full story at source (khabarhub.com)