२० वर्षमुनिका किशोरी आमाको सङ्ख्या बढ्दै
gorkhapatraonline.com · Wed Sep 02 13:39:30 GMT 2026

मकवानपुरको कैलाश गाउँपालिकामा २० वर्षमुनिका सुत्केरी आमाको सङ्ख्या एक सय ११ रहेको छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार कम उमेरमा हुने विवाह तथा गर्भधारणका कारण किशोरी अवस्थामै मातृत्वको जिम्मेवारीमा पुग्ने अवस्था कायमै रहेको हो । उहाँले आव २०८२/०८३ को पालिकास्तरीय स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)