मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा मध्यरातमा यात्रु र सवारीसाधनको बिजोग
barnanmedia.com · Mon Jul 13 22:26:22 GMT 2026

लगातारको वर्षाका कारण आएको पहिरो र लेदोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा मध्यरातमा यात्रु र सवारीसाधनको बिजोग भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार राति १०ः३० देखि पहिरोका कारण बिच बाटोमै अलपत्र परेका एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीसाधनहरूलाई पहिरो पन्छाउँदै गन्तव्यतर्फ पठाउने कार्य भइरहेको छ ।
कार्यालयका अनुसार पहिरोको जोखिम कायमै रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि थप नयाँ सवारीसाधनहरूलाई यस सडकखण्डमा आवागमन गर्न पूर्ण रूपमा रोक लगाएको छ ।
Read full story at source (barnanmedia.com)