बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा
ratopati.com · Wed Sep 02 13:45:35 GMT 2026

काठमाडौँ। नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन गरी प्रभावित सबै स्थानमा पूर्ण रूपमा नेटवर्क पहुँच कायम गरेको छ। यही गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो।
नेपाल टेलिकमका प्राविधिकहरू निरन्तर रूपमा वाढी प्रभावित क्षेत्र तथा विपद् प्रतिकार्य कक्षमार्फत सेवा पुनःसञ्चालन कार्यमा खटिएपश्चात् साइटहरू पुनःसञ्चालनमा आएको प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए।
Read full story at source (ratopati.com)