विश्वकपमा अब चार टिमका चुनौती
barnanmedia.com · Tue Jul 14 00:43:05 GMT 2026
विश्वकप फुटबल, २०२६ को च्याम्पियनको धमिलो तस्बिर अब धेरै हदसम्म सफा भइसकेको छ । अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको इतिहासमै सबैभन्दा धेरै ४८ राष्ट्र सहभागी यस विस्तारित विश्वकपमा विजेताको छिनोफानोका लागि चार टिम मात्र बाँकी रहेका छन् । विश्वकप च्याम्पियनको पङ्क्तिमा फ्रान्स, स्पेन, अर्जेन्टिना र इङ्ग्ल्यान्ड उभिएका छन् । यी सबै पूर्वविजेता हुन् ।
यसै गरी विश्वकपको इतिहासमै पहिलो पटक फिफा वरीयतामा शीर्ष चार स्थानमा रहेका टिम अन्तिम चारमा पुगेका छन् । फिफा वरीयतामा फ्रान्स पहिलो, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो र इङ्ग्ल्यान्ड चौथो स्थानमा रहेका छन् । अब उपाधि भिडन्तका लागि योग्य हुने फ्रान्सले स्पेनसँग डालास र अर्जेन्टिनाले इङ्ग्ल्यान्डसँग एट्लान्टमा खेल्ने छन् । यी चार टिमले मिलेर कुल सात पटक विश्वकप ट्रफी उचालेका छन् । अर्जेन्टिना तीन, फ्रान्स दुई तथा स्पेन र इङ्ग्ल्यान्डले एक एक पटक विश्व च्याम्पियन बनेका छन् । अर्जेन्टिना त उपाधि रक्षा अभियानमा रहेको छ । पछिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रकेरमा हराएर उपाधि हात पारेको थियो । त्यसैले यसपालि पछिल्लो संस्करणको फाइनलको पुनरावृत्ति हुने सम्भावना उत्तिकै छ ।
Read full story at source (barnanmedia.com)