निर्वाचनको संघारमा पुटिनविरोधी नेता बोरिस नादेज्दिन पक्राउ
nepalviews.com · Tue Jul 14 01:01:51 GMT 2026

मस्को । रुसी प्रहरीले युद्धविरोधी क्रेमलिन आलोचक तथा विपक्षी नेता बोरिस नादेज्दिनलाई पक्राउ गरेको छ। आगामी सेप्टेम्बरमा हुन लागेको संसदीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेका ६३ वर्षीय नादेज्दिनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिनविरुद्ध उम्मेदवारी दिन खोज्दा व्यापक चर्चा बटुलेका नादेज्दिनलाई यस पटक पनि निर्वाचन प्रक्रियाबाट रोक्ने प्रयास गरिएको छ। पक्राउ पर्नुअघि टेलिग्राममा जानकारी दिँदै उनले आफूविरुद्ध ‘उग्रवादी प्रतीक प्रदर्शन’ गरेको आरोप लगाइएको कागजात सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको उक्त भिडियोमा दिवङ्गत विपक्षी नेता एलेक्सी नाभाल्नीको तस्बिर देखाइएको थियो। नाभाल्नीको सन् २०२४ फेब्रुअरीमा आर्कटिक जेलमा रहस्यमय मृत्यु भएको थियो।
Read full story at source (nepalviews.com)