'डेटा माइग्रेसन' र 'सिस्टम अपग्रेड' का कारण लाइसेन्स सेवा प्रभावित : विभाग
techpana.com · Tue Jul 14 01:32:23 GMT 2026

काठमाडौं । यातायात व्यवस्था विभागले देशभर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी दर्तासम्बन्धी सेवामा देखिएको अवरोधबारे स्पष्टीकरण दिँदै सेवाग्राहीसँग क्षमायाचना गरेको छ । सिस्टम अपग्रेड, डेटा माइग्रेसन र सेवाग्राहीको अत्यधिक चापका कारण विद्यमान प्रणालीमा आंशिक अवरोध उत्पन्न हुँदा मुलुकका अधिकांश स्थानमा सेवा प्रभावित भएको विभागले जनाएको छ ।
हाल सञ्चालनमा रहेका सवारी चालक अनुमतिपत्र प्रणाली (EDL) तथा सवारी दर्तासम्बन्धी प्रणाली (VRS र EVRS) हरू निरन्तर सुधार र अद्यावधिक गर्ने क्रममा रहेको उल्लेख गरेको छ । त्यससँगै सरकारले सवारी तथा यातायातसम्बन्धी नयाँ प्रणाली कार्यान्वयनको तयारी गरिरहेको र सोही प्रक्रियाअन्तर्गत प्रणाली स्तरोन्नति तथा डेटा माइग्रेसनको काम भइरहेकाले सेवा अवरोध भएको विभागले जनाएको छ ।
Read full story at source (techpana.com)