कांग्रेसले लय पक्रियो : राठौरको विद्रोहपछि गगन नेतृत्व गन्तव्यतर्फ
nepalpress.com · Tue Jul 14 02:11:06 GMT 2026

नेपाली कांग्रेसको आन्तरिक राजनीति महाधिवेशनको सङ्घारमा सधैँजसो अत्यन्तै रोचक, जटिल र नाटकीय मोडमा पुग्नेगर्छ । चुनदेवीमा नयाँ सम्पर्क कार्यालयसम्म खुलिसकेको अवस्थामा यसपाला हुने महाधिवेशन झनै नाटकीय हुने कुरामा दुईमत छैन । विशेष गरेर महाधिवेशनको मुखमा पूर्वसभापति शेरबहादुर देउवाको ‘एकछत्र’ र ‘अपराजित’ मानिँदै आएको राजनीतिक विरासत यतिखेर असन्तुष्टि, विद्रोह र बदलिँदो चेतनाका कारण जगैदेखि धरमराएको छ ।
लामो समयदेखि नेपाली कांग्रेसभित्र अजय शक्तिजस्तै बलियो खम्बाका रूपमा स्थापित देउवा समूह आफ्नो शक्तिको रक्षात्मक अवस्थामा पुगेको छ । देउवाको शक्ति केन्द्रलाई बुझेका पूर्व सहमहामन्त्री किशोर सिंह राठोरले हालै दाङको लमहीमा दिएको कडा राजनीतिक अभिव्यक्तिले नयाँ कार्यालय खोलेर बसेको देउवा पक्षमा ठूलै कम्पन पैदा गरिदिएको छ ।
Read full story at source (nepalpress.com)