काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी
annapurnapost.com · Wed Sep 02 14:01:28 GMT 2026

झापा : झापाको पूर्वी सीमा नाका काँकडभिट्टामा हुने आपराधिक तथा तस्करी गतिविधि रोकथाम र नियन्त्रणका लागि सशस्त्र प्रहरीले बुधबारदेखि ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ ।
सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीको निगरानीलाई थप प्रभावकारी बनाउँदै घटनाको प्रमाण सुरक्षित राख्न सशस्त्र प्रहरीले पहिलोपटक काँकडभिट्टा नाकामा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हो । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले गोप्रो क्यामेरा प्रयोगमा ल्याएको सम्भवतः नेपालमै यो पहिलो अभ्यास भएको बताइएको छ ।
Read full story at source (annapurnapost.com)