बीपी राजमार्गमा रोकिएका सवारी साधन सञ्चालनमा
nepalviews.com · Tue Jul 14 03:16:38 GMT 2026

काठमाडौं । रोशी खोलाको बहाव र सडकको अवस्थालाई मध्यनजर गर्दै बीपी राजमार्गमा रोकिएका सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा आएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रविन कार्कीका अनुसार बिहानैदेखि राजमार्ग पूर्ण रूपमा सुचारु भएको छ।
यसअघि सोमबार रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका लागि धुलिखेल, काभ्रेभञ्याङ, भकुण्डे र मंगलटारमा सवारी साधनहरूलाई रोकिएको थियो।
Read full story at source (nepalviews.com)