हेटौँडा–काठमाडौं जोड्ने चारवटै छोटा सडक अवरुद्ध
kendrabindu.com · Tue Jul 14 03:37:41 GMT 2026

हेटौँडा । काठमाडौं आउजाउ गर्ने छोटो दूरीका सबै सडक बाढी-पहिरोको कारण अवरुद्ध बनेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा हुँदै काठमाडौँ जाने कान्तिलोकपथ सडक अर्को सूचना जारी भएसम्मका लागि बन्द गरेको छ भने अन्य तीनवटा सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध बनेका छन्।
हेटौँडादेखि भैँसै–भीमफेदी सडकखण्डम ठाउँ–ठाउँमा पहिरो गएका कारण सबै सवारीलाई हेटौँडा बजार क्षेत्रमै होल्ड गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भैँसे–पालुङ–नौबिसे सडकखण्डमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ। भैँसेदेखि सिमभञ्ज्याङसम्मका विभिन्न स्थानमा पहिरोको जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको हो।
Read full story at source (kendrabindu.com)