कान्ति लोकपथ अस्थायी रूपमा बन्द
nepalsamaya.com · Tue Jul 14 03:40:57 GMT 2026

ललितपुर- लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरका अनुसार आज बिहान ५:०० बजेदेखि असार भोलि बिहान ६:०० बजेसम्म मकवानपुर जिल्लासँगको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ। कान्ति लोकपथको अधिकांश सडक खण्ड अत्यन्त जोखिमयुक्त रहेकाले यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिए।
Read full story at source (nepalsamaya.com)