पाकिस्तानको लागुऔषध सञ्जालमाथि संयुक्त कारबाही
ratopati.com · Wed Sep 02 14:13:51 GMT 2026

काठमाडाैँ। संयुक्त राज्य अमेरिका र श्रीलङ्काका लागुऔषध नियन्त्रण निकायले पाकिस्तानबाट सञ्चालित भनिएको अन्तर्राष्ट्रिय लागुऔषध सञ्जालमाथि संयुक्त कारबाही गरी करिब ४६३ किलो क्रिस्टल मेथाम्फेटामाइन बरामद गरेका छन् । प्रहरीले बुधबार जनाएअनुसार घटनामा दुई पाकिस्तानी नागरिकसहित तीन जना पक्राउ परेका छन् ।
सप्ताहन्तमा कोलम्बो आइपुगेको ढुवानी कन्टेनरबाट बरामद उक्त लागुऔषधको मूल्य करिब दुई करोड १० लाख अमेरिकी डलर रहेको कोलम्बोस्थित अमेरिकी दूतावासले जनाएको छ। नुहाउने तौलियाभित्र लुकाएर ल्याइएको लागुऔषध श्रीलङ्का हुँदै अन्तर्राष्ट्रिय बजारमा तस्करी गर्ने तयारी गरिएको बताइएको छ।
Read full story at source (ratopati.com)