गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग
gorkhapatraonline.com · Wed Sep 02 14:12:27 GMT 2026

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगार्थ एक महिना बराबरको तलब प्रदान गर्नुभएको छ । प्रदेश प्रमख भट्टले उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारीले आज विज्ञप्तिामार्फत जानकारी दिनुभयो ।
बाढी प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्ययले प्रदेश प्रमुख भट्टले राहत सहयोग प्रदान गर्नुभएको उहाँले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)