याे सस्ताे स्टन्टले देश बन्दैन : अभिनेत्री केकी अधिकारी
barnanmedia.com · Tue Jul 14 04:14:46 GMT 2026

काठमाडौँ । नायिका केकी अधिकारीले सस्ताे स्टन्टले देश नबन्ने भन्दै स्टन्टबाज नगर्न सरकारलाई आग्रह गरेकी छिन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले रोजगारी सिर्जना गर्न सरकारलाई आग्रह गरेकी हुन् ।
उनले लेखेकी छिन्, ‘हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो ? कतिले रोजगारी पाए ? अब जनताले सोध्ने दिन आए । खै, रोजगारीको प्रत्येक दिनको उपलब्धिको सूची राखौँ बरु । त्यस्तो स्टन्टले चाहिँ पक्कै देश बन्ला, जनताको निराशा पनि पक्कै हटेर जाला। यो सस्तो स्टन्टले देश बन्दैन !!’
Read full story at source (barnanmedia.com)