अफगानिस्तानका ३७ लाख बालबालिका कुपोषणको उच्च जोखिममा
makalukhabar.com · Tue Jul 14 04:23:06 GMT 2026

एजेन्सी । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले अफगानिस्तानका पाँच वर्षमुनिका करिब ३७ लाख बालबालिका कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । एक प्रतिवेदनअनुसार खाद्य असुरक्षा र न्यून पोषणका कारण त्यहाँका बालबालिकाहरूको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको हो ।
प्रतिवेदनले बाल खाद्य र पोषण असुरक्षालाई कुपोषणको मुख्य कारकका रूपमा औंल्याएको छ । कमजोर आहार र बढ्दो खाद्य संकटले जोखिममा रहेका बालबालिकाहरूलाई ‘पिक वेस्टिङ सिजन’ (कुपोषण अत्यधिक बढ्ने समय) सुरु हुनुअघि नै प्राणघातक अवस्थातर्फ धकेलिरहेको युनिसेफले जनाएको छ ।
Read full story at source (makalukhabar.com)