गेट छेकेर जन-आवाज रोक्न सकिन्न : भीष्मराज आङ्देम्बे
lokaantar.com

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विभिन्न सञ्चारगृहका गेट अगाडि र प्रमुख प्रतिपक्षी दलका सभापति गगनकुमार थापाको निवासमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता आङ्देम्बेले यसलाई स्वतन्त्र आवाज र प्रेसमाथि मनोवैज्ञानिक दबाब दिने सरकारको अधिनायकवादी शैलीको रूपमा चित्रण गरेका छन्।
सोमबार कांग्रेस सभापति थापाको निवास, कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन तथा भाटभटेनी सुपरमार्केट अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएका थिए। यस घटनाले सरकार आलोचनाबाट डराएको पुष्टि गर्ने भन्दै उनले आक्रोश पोखेका छन्। 'लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो। तर, जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्ताहरूलाई नै निशाना बनाउन खोज्छ,' नेता आङ्देम्बेले भनेका छन्, 'के सरकारले अब आलोचनात्मक आवाज नै बन्द गर्न खोजेको हो ?'
Read full story at source (lokaantar.com)