तमोरको बाढीले बगायो जलिरहेको चिता
barnanmedia.com · Tue Jul 14 04:22:10 GMT 2026

धनकुटाको मूलघाटमा जलाउँदै गरिएको चिता तमोर नदीको बाढीले बगाएको छ। धनकुटा नगरपालिका–६ आत्माराका ४३ वर्षीय गौरी रोकाको मृत्यु भएपछि अन्त्येष्टिका लागि मूलघाट लगिएको थियो। रोकाको शव चितामा राखेर जलाउने क्रममा सोमबार तमोर नदीमा आएको बाढीले शवसहितको चिता बगाएको हो।
शव जलाउने क्रममा नदीमा पानीको बहाव अचानक बढेपछि चिता बगेको प्रत्यक्षदर्शी दीपक पोख्रेलले जानकारी दिनुभयो। उहाँका अनुसार नदी किनारमा बनाइएको चिता करिब ७५ प्रतिशत जलिसकेको अवस्थामा एक्कासि आएको बाढीले बगाएको थियो। नदीले चिता बीच भागमा पुर्याउँदा पनि त्यसमा आगो बलिरहेको थियो।
Read full story at source (barnanmedia.com)