इजिप्टका स्ट्राकइकर जिको भन्छन्ः मेसी रोनाल्डोपछिका महान् हुन्, विश्वकप ‘फिक्स्ड’ छ
nepalpress.com · Tue Jul 14 04:51:28 GMT 2026
कायरो । इजिप्टका लेफ्ट–विङ्गर मोस्टाफा जिकोले लियोनल मेसीलाई फुटबल इतिहासकै महान् खेलाडी भनेका छन्, तर ‘क्रिस्टियानो रोनाल्डो पछिको’ स्थानमा । उनले फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा अर्जेन्टिना विरुद्ध मैदानमा उत्रिँदा अधिकांश समय मेसीको ‘उपस्थिति महसुस नभएको’ समेत बताए ।
यो नाटकीय खेलमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै इजिप्टलाई ३(२ ले हराएर प्रतियोगिताबाट आउट गरेको थियो । सुरुमा यासिर इब्राहिम र जिकोको गोलको मद्दतले ‘अण्डरडग’ मानिएको इजिप्टले २(० को अग्रता लिएको थियो । तर, क्रिस्टियन रोमेरो र लियोनल मेसीको गोलपछि इन्जो फर्नान्डेजले थप गरिएको समयमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए ।
Read full story at source (nepalpress.com)