अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
arthadabali.com · Tue Jul 14 04:45:01 GMT 2026

मध्यविन्दु (नवलपरासी) / लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र डुबानका घटना बढेका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै नौ घरमा पानी पसेपछि ३५ जना विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अनुसार गैँडाकोट नगरपालिका–४ डनचोक क्षेत्रमा जङ्गलबाट आएको बाढी र नालीको पानी घरमा पस्दा नौ घरमा क्षति पुगेको छ । तीमध्ये आठ घरका ३५ जना स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।
Read full story at source (arthadabali.com)