चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड
ratopati.com · Tue Jul 14 05:17:30 GMT 2026

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को मारेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड १८ लाख राजस्व सङ्कलन गर्न सफल भएको त्यस पालिकाले जनाएको छ ।
तीन वर्षअघि जम्मा रु ११ लाख १२ हजार राजस्व सङ्कलन गरेको उक्त पालिकाले अघिल्लो आवमा भने रु एक करोड ४९ लाख ५६ हजार राजस्व सङ्कलन गरेको थियो । मनासलु क्षेत्र भ्रमण गर्न आउने पर्यटकबाट भ्रमणबापतको शुल्क उठाउन थालेपछि पालिकाको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।
Read full story at source (ratopati.com)